नेपाल राष्ट्र बैङ्कको कार्यकारी निर्देशकबाट डा.गुणाकर भट्टले दिए राजीनामा
काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले गभर्नर नियुक्तिका लागि राजीनामा दिएका छन्। उनी हालै गभर्नरका लागि प्रमुख दावेदारका रूपमा चिनिएका छन्। उनीसँगै राष्ट्र बैंकका अर्का कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठले पनि राजीनामा दिएका छन्।
डा. भट्टले गभर्नरका लागि नियुक्तिका प्रक्रिया अघि बढाउन कार्यकारी निर्देशकको पदबाट राजीनामा दिएको बताएका छन्। उनले भने, “गभर्नरका लागि कार्यकारी निर्देशकबाट राजीनामा दिनु पर्ने भएकाले मैले आज राजीनामा दिए। अन्य अब प्रक्रिया हेर्नुपर्छ।”
गभर्नर नियुक्तिका लागि अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा सिफारिस समिति गठन गरिएको छ। यस समितिले तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्नेछ, जसबाट एक जनालाई गभर्नरको रूपमा नियुक्त गरिनेछ।
यस प्रक्रियामा डा. भट्टका साथै डा. प्रकाश श्रेष्ठ र अन्य उच्च अधिकारीहरू पनि गभर्नरका लागि दावेदारका रूपमा प्रस्तुत भएका छन्।









