image
image
आज दिउँसो कार र टिपर एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु ,​बारा

आज दिउँसो कार र टिपर एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु ,​बारा

काठमाडौँ । बारामा आज दिउँसो कार र टिपर एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। घटना निजगढ–कलैया सडक खण्डको १३ किलो भन्ने स्थानमा भएको हो। मृत्यु हुनेमा सर्लाही बरहथवा बस्ने ५५ वर्षीय हरिनारायण शर्मा र कार चालक रहेका छन्। कार चालकको नाम र ठेगाना भने अहिलेसम्म खुल्न सकेको छैन।​

प्रहरीका अनुसार, पश्चिमतर्फ आउँदै गरेको बा ०१–०२५–ख ५०७८ नं. को कार र पूर्वतर्फ जाँदै गरेको मधेस प्रदेशको २–०३–००१–ख ०६०७ नं. को टिपर एकआपसमा ठोक्किएका थिए। दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको र एक जना घाइते भएका छन्। घाइतेको उपचारका लागि अस्पताल पठाइएको छ।​

प्रहरीले घटनाको विस्तृत अनुसन्धान सुरु गरेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।