image
image
धरान चारकोसे जङ्गलमा कार दुर्घटना ,१ को मृत्यु ३ घाइते

धरान चारकोसे जङ्गलमा कार दुर्घटना ,१ को मृत्यु ३ घाइते

काठमाडौँ -  धरान–इटहरी सडकखण्डको चारकोसे जंगल क्षेत्रमा भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। प्रहरीका अनुसार, बागमती प्रदेश ०१–०३०च ४६१८ नम्बरको कार अनियन्त्रित भई दुर्घटनामा परेको हो।​

दुर्घटनामा गम्भीर घाइते भएका इटहरी–१ का ४० वर्षीय विष्णु राउतको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा निधन भएको छ। कारमा चालक सहित चार जना सवार थिए।​

घाइते हुनेमा चालक विवेक लामा (३० वर्ष, रामधुनी नगरपालिका–७), गङ्गा बस्नेत (४३ वर्ष, इटहरी–४), र कल्याण कटुवाल (३१ वर्ष, इटहरी–१) रहेका छन्। चालक र बस्नेतको अवस्था सामान्य रहेको छ भने कटुवाललाई थप उपचारका लागि विराटनगरस्थित बिराट मेडिकल कलेजमा रेफर गरिएको छ।​

यस घटनामा थप अनुसन्धान जारी रहेको र दुर्घटनाका कारणहरूको पत्ता लगाउन प्रयास भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।