शिक्षकहरूले किन बीचमा रोके आफ्नो विरोध प्रदर्शन ?
काठमाडौँ - काठमाडौंको माइतीघर मण्डलामा जारी शिक्षकहरूको आजको विरोध प्रदर्शन सकिएको छ। आजको प्रदर्शन बिहान ९ बजेदेखि १२ बजेसम्मका सञ्चालन भएको थियो । यसअघि, प्रदर्शन दिउँसो १ बजेदेखि ३ बजेसम्मको समयका लागि तय गरिएको थियो, तर राष्ट्रिय प्रजातन्त्र पार्टीले दिउँसो प्रदर्शन गर्ने भएपछि शिक्षकहरूले समय परिवर्तन गरेका थिए।
एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका अध्यक्ष शङ्कर अधिकारीका अनुसार, आजको विरोध प्रदर्शनको कार्यक्रम सकिएको बताएका छन्। विगत १९ दिनदेखि शिक्षक तथा विद्यालय कर्मचारीहरू विद्यालय शिक्षा ऐनको शीघ्र जारीको माग गर्दै माइतीघर–बानेश्वर सडक खण्डमा प्रदर्शन गर्दै आएका थिए।
राप्रपाको आन्दोलनका कारण घुसपैठ हुन सक्ने भन्दै ११ नबज्दै आन्दोलनका कार्यक्रम सकेका हुन् । आन्दोलनमा घुसपैठ हुनसक्ने भन्दै शिक्षकहरूलाई आफ्नो युनिफर्म र आईडी कार्ड अनिवार्य लगाएर आउन भनिएको थियो । भोलिबाट बिहान ११ बजेदेखि ३ बजेसम्म प्रदर्शन गरिने अध्यक्ष भण्डारीले बताएका छन्।









