यसरी भइरहेको छ त्रिवि क्रिकेट मैदानको स्तरोन्नति ,२५ हजार दर्शक क्षमता
काठमाडौँ - त्रिवि क्रिकेट मैदानको स्तरोन्नति कार्य अन्तर्गत २५,००० दर्शक क्षमताको प्यारापिट निर्माण भइरहेको छ। यस परियोजनामा दर्शकहरूको सहज प्रवेशका लागि विभिन्न सेक्सनमा छुट्टाछुट्टै गेटहरूको व्यवस्था, महिला र पुरुषका लागि अलग-अलग शौचालय, र खानेपानीको सुविधा उपलब्ध गराइनेछ।
यसका साथै, डिजिटल स्कोर बोर्ड र फ्लडलाइट जडानको प्रक्रिया पनि अघि बढिरहेको छ। सरकारले आगामी आर्थिक वर्षमा मैदानको स्तरोन्नतिका लागि ४० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।









