image
image
राप्रपा का अध्यक्ष राजेन्द्र लिङ्देन  प्रदर्शनको क्रममा पक्राउ

राप्रपा का अध्यक्ष राजेन्द्र लिङ्देन प्रदर्शनको क्रममा पक्राउ

काठमाडौँ -  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरू सिंहदरबारभित्रै प्रदर्शनमा उत्रिएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको छ। सिंहदरबारभित्र प्रदर्शन गर्ने क्रममा उनीहरूले विभिन्न नारा अंकित पम्प्लेट प्रदर्शन गरेका थिए। प्रहरीले ती पम्प्लेटहरू खोसेपछि लिङ्देनले लोकतन्त्रमा बोल्न र प्रदर्शन गर्न पनि सरकारले रोक लगाएको भन्दै आपत्ति जनाए।​

राप्रपाले आइतबार निषेधित क्षेत्र तोड्ने घोषणा गरेको थियो। सोही अनुसार राप्रपाका कार्यकर्ताहरू बानेश्वरस्थित निषेधित क्षेत्रको घेरा नजिकै भेला हुँदै गर्दा संसदीय दलको कार्यालयमा भेला भएर लिङ्देनलगायतले सिंहदरबारमै सांकेतिक प्रदर्शन गरेका हुन्। राप्रपाले तीनकुने घटनाको छानबिन माग, पार्टीका नेताहरूको रिहाइका साथै राजसंस्थाको पक्षमा आइतबार प्रदर्शन आयोजना गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।