image
image
इँटा भट्टाको खाल्डोमा डुबेर एक बालकको मृत्यु

इँटा भट्टाको खाल्डोमा डुबेर एक बालकको मृत्यु

काठमाडौँ - सर्लाहीको पर्सा गाउँपालिका–५ स्थित जिङडवा गाउँमा रहेको जोश सोना इँटा भट्टामा डुबेर भारत बिहार राज्य, गया जिल्लाका ५ वर्षीय बालक सुवज्जित कुमार मझीको मृत्यु भएको छ।​

शुक्रबारदेखि हराइरहेका बालकको शव शनिबार बिहान इँटा भट्टाभित्र रहेको खाल्डोमा पानीमा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।​

मझी परिवारसहित भारतको बिहार राज्यबाट आएका करिब १५–२० जना मजदुरहरू सो इँटा भट्टामा काम गर्दै अस्थायी रूपमा बसोबास गर्दै आएका छन्।​

तीन दिनदेखि बालक हराएको भन्दै परिवारले खोजी गरिरहेका थिए। शनिबार बिहान भट्टाको खाल्डोमा बालकको शव देखिएपछि स्थानीयहरूले तत्कालै प्रहरीलाई खबर गरेका थिए।​

घटनाको जानकारी पाउनेबित्तिकै प्रहरी टोली घटनास्थलमा पुगेको थियो। शव पोस्टमार्टमका लागि मलंगवास्थित प्रादेशिक अस्पतालमा पठाइएको र परीक्षणपछि परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।​

घटनाबारे थप अनुसन्धान भइरहेको र प्रारम्भिक तथ्यहरूले डुबेर मृत्यु भएको देखिएको प्रहरी स्रोतको भनाइ छ। स्थानीय बासिन्दाहरूले इँटा भट्टा क्षेत्रमा खुला रूपमा रहेका खाल्डोहरूमा आवश्यक सुरक्षा उपाय नअपनाइएका कारण यस्ता दुःखद घटना घट्ने जोखिम रहेको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।