५ किलो ९४० ग्राम अफिमसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ
काठमाडौँ - पाँच किलो ९४० ग्राम अफिमसहित एक जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा चितवन जिल्लाको राप्ती नगरपालिका वडा नम्बर ११ का २५ वर्षीय बाबुराम तामाङ रहेका छन् ।
तामाङलाई इलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटिएको प्रहरी टोलीले पूर्व–पश्चिम राजमार्गको अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ नेवारपानीबाट पक्राउ गरेको हो । चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०३–००१ ख २८८७ नम्बरको यात्रुबाहक बसमा सवार तामाङलाई ५ किलो ९४० ग्राम परिणामको अफिमसहित नियन्त्रणमा लिएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।









