पाल्पामा जिप दुर्घटनामा एक जनाको मृत्यु, पाँच घाइते
काठमाडौँ - पाल्पाको बगनासकाली गाउँपालिका–४, खानीछापको मलेङ् बेलडाँडामा भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार, गएराति लु १ ज १७२४ नम्बरको जिप तानसेनबाट चापपानी खहरेखोला हुँदै खानीछाप जाने क्रममा दुर्घटना भएको हो।
कालीगण्डकी गाउँपालिका–३ वैघाकी १७ वर्षीया एलिजा सारुको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् र उनीहरूलाई उपचारका लागि तानसेनस्थित अस्पतालमा पठाइएको छ।









