image
image

अब बैंकका २५ प्रतिशत कर्मचारीबाट सीमित शाखा खुल्ने

काठमाडौँ । कोरोना महामारीको असहज परिस्थितिमा पनि सेवा उपलब्द गराउन बैंक तथा वित्तीय संस्थाहरुले अब सिमित शाखा बाट  २५ प्रतिशतभन्दा कम कर्मचारीबाट मात्रै सेवा प्रवाह गर्नुपर्ने भएको छ। नेपाल राष्ट्र बैंकले कोरोनाको जोखिमबाट बच्न सतर्कता अपनाउन उक्त निर्देशन दिएको हो ।

राष्ट्र बैंकले क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंक ऐन २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी यस्तो निर्देशन दिएको जनाएको छ। जसअनुसार केन्द्रीय कार्यालयमा कुल कर्मचारीमध्ये २० प्रतिशत र शाखाका हकमा बढीमा २५ प्रतिशत कर्मचारीले मात्रै सेवा दिनुपर्नेछ। अन्य कर्मचारीले भने ‘वर्क फ्रम होम’को नीति अवलम्वन गर्न सक्ने छन्।

त्यस्तै नजिकै रहेका शाखाको हकमा न्यून शाखा मात्रै संचालनमा ल्याएर आलोपालो सेवा दिन राष्ट्र बैंकले भनेको छ। संचालन हुने शाखा कार्यालयको सम्बन्धमा मुल ढोका, संस्थाको वेबसाइट तथा सामाजिक संजालमार्फत बैंकहरुले जानकारी दिन भनिएको छ । 
 
 
      
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।