दुर्गा प्रसाईं विरुद्ध अर्को पक्राउ पुर्जी पनि जारी
काठमाडौँ - प्रहरी हिरासतमा रहेका दुर्गा प्रसाईंमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पनि अनुसन्धान गर्ने भएको छ । उनी हाल प्रहरी हिरासतमा रहेका छन्। नेपाल राष्ट्र बैंकले बैंकिङ कसुरमा प्रसाईंमाथि अनुसन्धान गर्न भनेर पत्राचार गरेपछि सीआईबीले यो विषयमा अनुसन्धान थालेको हो ।
प्रसाईंले विभिन्न व्यवसायिक नाममा अर्बौंको ऋण दुरुपयोग गरेको आरोप लागेको छ। सीआईबी प्रवक्ता एवं एसपी सुधीरराज शाहीले भने, ‘प्रसाईंविरूद्ध अर्को पक्राउ पुर्जी जारी भएको छ । प्रसाईंमाथि चैत १५ गते तीनकुनेमा हिंसा भड्काएको, प्रहरीको ज्यान मार्ने प्रयास गरेको आरोप छ । यो विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
चैत १५ को घटनापछि उनी भारतको असम भागेका थिए । उनलाई विशेष ब्युरोको टोलीले चैत २९ गते नेपाल ल्याएको हो ।









