खुशीको खबर ''सुनको मूल्य घट्यो''
काठमाडौँ - नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा ७,५०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १,९७,९०० रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य बुधबार घटेर तोलामा १,९०,४०० रुपैयाँ पुगेको हो। यसअनुसार बुधबार १० ग्रामको सुनको मूल्य तोलामा १,६३,२३५ रुपैयाँ कायम भएको छ।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। मंगलबार तोलामा १,९७० रुपैयाँमा कारोबार भइरहेको चाँदीको मूल्य बुधबार ५ रुपैयाँ घटेर १,९६५ रुपैयाँमा कारोबार भएको छ।









