अभिनेत्री सुरक्षा नामा हालै पूर्वनवयुवराज हृदयन्द्र शाहको टिप्पणीपछि विवादमा
काठमाडौँ - अभिनेत्री सुरक्षा पन्तको नयाँ फिल्म 'खेल' प्रदर्शनमा आउन लागेको छ, तर उनी अहिले फिल्मको प्रचारभन्दा बाहिरको कारणले चर्चामा छिन्। एक अन्तर्वार्तामा पूर्वनवयुवराज हृदयन्द्र शाहको विषयमा गरेको टिप्पणीले विवाद उत्पन्न गरेको छ।
अन्तर्वार्तामा सुरक्षा पन्तलाई हृदयन्द्र शाहको तस्बिर देखाएर उनको बारेमा टिप्पणी गर्न भनियो। जवाफमा उनले भनेकी थिइन्, “ग्रान्ड चाइल्ड अफ किङ... पारसको छोरो होइन? के रे नाम?” कार्यक्रम सञ्चालकले उनको नाम भनेपछि उनले थपिन्, “उहाँको ठुलो फ्यान छ नि दाइ... योङ्स्टर नानी केटीहरूको।”
यो क्लिप टिकटकमा भाइरल भएको छ र त्यसपछि उनलाई गालीको वर्षा भइरहेको छ। राजसंस्था समर्थकहरूले उनलाई आलोचना गरेका छन्।
फिल्म 'खेल'को प्रचारका लागि सुरक्षा पन्त अन्तर्वार्तामा सहभागी भएकी थिइन्। यस विवादले फिल्मको प्रचारमा असर पार्न सक्ने अनुमान गरिएको छ।









