कांग्रेसका नेता शशांक कोइरालाले बिहीबार चियापानको आयोजना ( तस्बिर)
काठमाडौँ - नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले लोकतन्त्र दिवसको अवसरमा काठमाडौंको महाराजगञ्जस्थित आफ्नै निवासमा चियापान कार्यक्रम आयोजना गरेका छन्। यस अवसरमा पार्टीका वरिष्ठ नेताहरू विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्ण सिटौला, प्रकाशशरण महत, पुष्पा भुसाल लगायतको उपस्थिति रहेको थियो। यस कार्यक्रमलाई आगामी महाधिवेशनको सन्दर्भमा कोइरालाको शक्ति प्रदर्शनको रूपमा हेरिएको छ।
चियापान कार्यक्रममा बोल्दै शशांक कोइरालाले कांग्रेस पार्टीको एकता र भविष्यप्रति आफ्नो दृढ विश्वास व्यक्त गरे। उनले भने, "कांग्रेस एक ढिक्का भयो भने काँग्रेसलाई कसैले पराजित गर्न सक्दैन। हामी छौँ, एकसाथ जान्छौँ, हाम्रो भविष्य हाम्रो हो।"
यस कार्यक्रमले पार्टीभित्रको एकता र आगामी महाधिवेशनको तयारीका लागि महत्वपूर्ण संकेत दिएको विश्लेषण गरिएको छ।











