image
image
सामाजिक सञ्जालमा हतियार प्रदर्शन गर्ने दुई जना पक्राउ

सामाजिक सञ्जालमा हतियार प्रदर्शन गर्ने दुई जना पक्राउ

काठमाडौँ -​  ​नेपालको शुद्धोधन गाउँपालिका क्षेत्रका दुई युवकलाई फेसबुकमा हतियार प्रदर्शन गर्दै भिडियो पोस्ट गरेको आरोपमा पक्राउ गरिएको छ। २१ वर्षीय दुर्गेश यादव र २५ वर्षीय अनिलकुमार कहारले आफ्नो फेसबुक एकाउन्टमा कम्मरमा पेस्तोल बाधेको फोटो र भिडियो बुधबार अपलोड गरेका थिए। यसका कारण स्थानीयमा डर र आतंक सृजना भएको भन्दै प्रहरी चौकी लबनीबाट खटिएको टोलीले उनीहरूलाई घरबाटै नियन्त्रणमा लिएको हो।​

उनीहरूलाई समाजमा शान्ति र सुरक्षामा खलल पुर्‍याएको अभियोगमा जिल्ला प्रशासन कार्यालयबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ। प्रहरीले उनीहरूले प्रदर्शन गरेको पेस्तोल कहाँबाट ल्याएका थिए भन्ने विषयमा पनि थप अनुसन्धान गरिरहेको जनाएको छ।​

यसअघि, बैशाख ७ गते, शुद्धोधन गाउँपालिका-६ महादेवका २१ वर्षीय रघुबिन्द यादवलाई टिकटकमा हतियारसहितको भिडियो पोस्ट गरेको आरोपमा पक्राउ गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।