आतंकवादी समूहबीच मुठभेड़ हुँदा एक जवानको मृत्यु,जम्मू कश्मीर
काठमाडौँ - भारतको जम्मू र कश्मीर राज्यको उधमपुर जिल्लामा सुरक्षाकर्मी र आतंककारी समूहबीच भएको भिडन्तमा एक सैनिकको मृत्यु भएको छ। सेनाको ह्वाइट नाइट कोरले सामाजिक सञ्जालमार्फत यस घटनाबारे जानकारी दिएको हो।
पोस्टमा भनिएको छ, “हाम्रा एक बहादुरलाई सुरुवाती मुठभेढमा गम्भीर चोट लागेको थियो र उत्कृष्ट चिकित्सा प्रयासका बीच पनि उनको मृत्यु भयो।” पोस्टमा भिडन्त अझै जारी रहेको उल्लेख गरिएको छ।
यस घटनासँगै, मंगलबार जम्मू कश्मीरको पहलगाम क्षेत्रमा आतंककारी आक्रमण भएको थियो, जसमा एक जना नेपालीसहित २६ जनाको मृत्यु भएको थियो र २० भन्दा बढी घाइते भएका थिए।









