image
image
स्वास्थ्य मन्त्रालय घेराउ गर्न पुगेका चिकित्सकलाई प्रहरीको रोक

स्वास्थ्य मन्त्रालय घेराउ गर्न पुगेका चिकित्सकलाई प्रहरीको रोक

काठमाडौँ -  नेपालका चिकित्सकहरूले सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिएको र आवासीय चिकित्सकहरूको सेवा सुविधा कार्यान्वयन नगरेको भन्दै स्वास्थ्य मन्त्रालय घेराउ गर्ने प्रयास गरेका छन्। माइतीघर मण्डलाबाट प्रदर्शन गर्दै स्वास्थ्य मन्त्रालय जान खोजेका चिकित्सकहरूलाई प्रहरीले रोक्यो। यस क्रममा केहीबेर प्रहरी र चिकित्सकबीच धकेलाधकेल भएको थियो।​

चिकित्सक संघले स्वास्थ्य मन्त्रीसँगको सम्झौताअनुसार आवासीय चिकित्सकलाई सरकारी आठौँ तहको सेवा सुविधा दिने निर्णय कार्यान्वयन नगरेको भन्दै असन्तुष्टि जनाएको छ। नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीले स्वास्थ्य मन्त्रीले हस्ताक्षर गरेको निर्णय कार्यान्वयन नगरी चिकित्सकलाई रोक्ने काम भएको बताए।​

चिकित्सक संघले आफ्ना माग पुरा नभए आगामी बैशाख १२ गते देशभरका आकस्मिक र सघन उपचार सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा ठप्प पार्ने चेतावनी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।