शिक्षामन्त्री पन्तले आज अपरान्ह ४ बजे पद तथा गोपनियताको शपथ ग्रहण
काठमाडौँ - नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले आज अपराह्न ४ बजे राष्ट्रपति शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ। उनी एमालेका सांसद हुन् र प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई बुधबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नियुक्त गरेका थिए।
यसअघि, शिक्षा मन्त्रीको जिम्मेवारी सुमना श्रेष्ठसँग थियो। पन्तको नियुक्ति शिक्षा मन्त्रालयको नेतृत्वमा फेरबदलको अंश हो।









