image
image
नेप्सेमा चार दिनको लगातार गिरावटपछि सामान्य सुधार

नेप्सेमा चार दिनको लगातार गिरावटपछि सामान्य सुधार

काठमाडौँ -  ​ ​नेपाली सेयर बजारमा साताको अन्तिम कारोबार दिन सामान्य सुधार आएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बिहीबार २.०८ अंकले बढेर २६५८.०२ विन्दुमा पुगेको छ। यस दिन ३०८ कम्पनीका १ करोड ९७ लाख ५४ हजार कित्ता सेयर खरिदबिक्री भएको छ, जसको कुल कारोबार रकम ७ अर्ब ८७ करोड ९३ लाख ८१ हजार रुपैयाँ रहेको छ।​

बिहीबार १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। लगानी उपसमूहको परिसूचक २.२९ प्रतिशतले बढेको छ। व्यापार, बैंकिङ, जलविद्युत र म्युचुअल फण्ड उपसमूहमध्ये पनि सामान्य वृद्धि देखिएको छ। तर, होटल तथा पर्यटन उपसमूहमको परिसूचक १.१६ प्रतिशतले घटेको छ।​

नेप्से परिसूचकसँगै दुई कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा पुगेको छ। नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। तर, नेपाल हाइड्रो डेभलोपर्सको सेयर मूल्य ७.१२ प्रतिशतले घटेको छ।​

कारोबार रकमका आधारमा ङादी ग्रुप पावर कम्पनीको यस दिन ७० करोड ३४ लाख ९५ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।