image
image
ट्राफिक प्रहरीले सर्वसाधारणलाई निर्घात कुटपिट

ट्राफिक प्रहरीले सर्वसाधारणलाई निर्घात कुटपिट

काठमाडौँ -​​  ट्राफिक प्रहरीबाट एक जना व्यक्ति कुटिएको भिडिओ यतिबेला सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । भिडियोमा चार जना ट्राफिक प्रहरी जवान एक व्यक्तिलाई लडाएर कुटपिट गर्दै देखिन्छन्। कुटपिट गर्दै गर्दा कागजातहरू भुईँमा फ्यालेर एक ट्राफिक प्रहरी हिँडेको देखिन्छ। भिडियो काठमाडौं उपत्यकाको जस्तो देखिन्छ, जहाँ सडकमा बाक्लो भिडभाड र कीर्तिपुर यातायात लेखिएको बस समेत देखिन्छ। तर, यो भिडियो कहाँको र कुटपिट गर्ने ट्राफिक प्रहरी को हुन् भन्ने यकिन भइसकेको छैन।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथका एसएसपी बिनोद घिमिरेका अनुसार अहिलेसम्म कुटपिट गर्नेको पहिचान भइनसकेको बताए। उनका अनुसार जाडोमा लगाउने युनिफर्म ज्याकेट लगाएका कारण यो भिडिओ अहिलेको नभएर जाडोयामको हुनसक्छ। यद्यपि भिडिओ सार्वजनिक भएपछि बुझ्ने काम भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।