४ लाख रुपैयाँ मूल्य बराबरको लागुऔषध ट्रामाडोलसहित दुई जनालाई पक्राउ
काठमाडौँ - मकवानपुरको हेटौँडा–१५ स्थित रातोमाटे चेक प्वाइन्टमा प्रहरीले ५,७५० थान ट्रामाडोल क्याप्सुलसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बारा पचरौता नगरपालिका–७ का २५ वर्षीय तीर्थलाल पासवान र २३ वर्षीय सुनिल पटेल रहेका छन्। उनीहरू मधेस प्रदेश ०२–००१ च १४३८ नम्बरको पिकअप गाडीमा सवार थिए।
प्रहरीले गाडीको इन्जिन भागमा लुकाएर राखिएको ट्रामाडोल क्याप्सुलसहित उनीहरूलाई पक्राउ गरेको हो। प्रारम्भिक अनुसन्धानका अनुसार, यो लागुऔषध हेटौँडातर्फ ल्याइएको थियो। बरामद ट्रामाडोलको बजार मूल्य लगभग ४ लाख १४ हजार रुपैयाँ रहेको प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए।
पक्राउ परेका पासवान र पटेललाई मकवानपुर जिल्ला अदालत हेटौँडाबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।









