'प्रचण्ड'लाई गोरखा भ्रमणको क्रममा ऊनको हाफकोट उपहार
काठमाडौँ - माओवादी केन्द्रका अध्यक्ष र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई गोरखा जिल्लाको बारपाकमा स्थानीय महिला 'रोसनी आमा'ले भेडाको ऊनबाट बुनेको हाफ कोट उपहार दिएकी छन्।
प्रचण्ड बारपाक भ्रमणमा रहेका बेला उनलाई उक्त कोट उपहार दिइएको हो। रोसनी आमा स्वयंले बुनेको उक्त कोट प्रचण्डलाई सम्मानका रूपमा प्रदान गरिएको बताइएको छ। अध्यक्ष प्रचण्ड बारपाक आउने थाहा पाएपछि उनले उपयुक्त रूपमा उक्त कोट बुनेको रोसनी आमाले जानकारी दिएकी छन्।









