आजको बैठकमा नेताहरूले दलीय आधारमा धारणा प्रस्तुत (कार्यसूची)
काठमाडौँ - आजको प्रतिनिधि सभाको बैठकमा दलका नेताहरूले दलीय आधारमा धारणा प्रस्तुत गर्ने कार्यसूची रहेको छ। यसअघि मंगलबारको बैठकमा नेताहरूले बोल्न पाएका थिएनन्।
आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने र प्रस्तुत गर्ने कार्यसूची पनि समावेश गरिएको छ। यसैगरी, बैठकमा अन्य विधेयकहरूको छलफल र पारित गर्ने प्रक्रिया पनि अघि बढ्ने अपेक्षा गरिएको छ।










