image
image
प्रतिनिधिसभा सदस्य माया राईविरुद्ध प्रहरीले पूरक अनुसन्धान

प्रतिनिधिसभा सदस्य माया राईविरुद्ध प्रहरीले पूरक अनुसन्धान

काठमाडौँ -  

​नेपाली कांग्रेसकी प्रतिनिधि सभा सदस्य माया राईविरुद्ध स्वर्णलक्ष्मी सहकारी संस्थामा रकम हिनामिना प्रकरणमा पूरक अनुसन्धान गरिने भएको छ। शनिबार साँझ बुढानीलकण्ठ–१०, कपनबाट पक्राउ परेकी राईलाई आइतबार अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाइने एसपी अपिल बोहराले जानकारी दिएका छन्।​

राईलाई कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा रकम अपचलनमा संलग्न भएको आरोप छ। उनले सहकारीमा सदस्य र सहसचिवको रूपमा कार्यसम्पादन गरेकी थिइन्। यसअघि प्रहरीले रवि लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दायर गरेको थियो, तर राईको नाम अभियोगपत्रबाट हटाइएको थियो।

प्रहरीका अनुसार, राईविरुद्ध ठगी र सङ्गठित अपराध मुद्दामा पूरक अनुसन्धान अघि बढाइनेछ। अदालतबाट म्याद थप गरेपछि बयान लिइने र थप प्रमाण सङ्कलन गरी सरकारी वकिल कार्यालयमा प्रतिवेदन पेस गरिने एसपी बोहराले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।