नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बोलायो
काठमाडौँ - नेकपा एकीकृत समाजवादीले आइतबार दिउँसो २ बजे सचिवालय बैठक बोलाएको छ। बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र पार्टीले थालेको आन्दोलनको समीक्षा गरिनेछ।
पार्टीका उपमहासचिव रामकुमार भट्टराईका अनुसार, बैठकमा ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ नारा दिएर भइरहेको आन्दोलनको प्रगति र प्रभाव मूल्याङ्कन गरिनेछ।









