शिक्षकहरूको आन्दोलनका क्रममा प्रहरी र प्रदर्शनकारी शिक्षकहरू बीच झडप
काठमाडौँ - काठमाडौंमा जारी शिक्षकहरूको आन्दोलनमा आइतबार झडप भएको छ। शिक्षकहरूले शान्तिपूर्ण प्रदर्शन गर्दै आएका थिए, तर निषेधित क्षेत्र तोड्ने प्रयास गर्दा प्रहरीसँग झडप भएको हो।
प्रहरीले बल प्रयोग गरेपछि शिक्षकहरूले ढुंगामुढा गर्न थालेका थिए।









