image
image
गगन थापाविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

गगन थापाविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

काठमाडौँ -  ​नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ। अधिवक्ता अनन्त लुइँटेलले आइतबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका हुन्। सर्वोच्च प्रशासनले उक्त निवेदनमा मंगलबारको पेसी तोकिदिएको छ।​

थापाले वैशाख ११ गते काठमाडौंमा आयोजित लोकतन्त्र दिवसको कार्यक्रममा संवैधानिक आयोगका पदाधिकारीहरूको नियुक्तिमा अदालतले 'डिल' गरिरहेको आरोप लगाएका थिए। उनले भनेका थिए, "अहिले सम्मानित अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका विषयलाई दुई/तीन वर्षदेखि 'तँलाई हान्दिऊँ' भनेर झुलाएर राखेको छ। कहिले हेर्दाहेर्दै भन्छ, कहिले भ्याइनभ्याइ भन्छ, कहिले भोलि हेर्ने भन्छ। त्यसले अदालतको विश्वसनीयतामाथि प्रश्न उठाउँछ।"​

थापाका यी टिप्पणीलाई अदालतको अवहेलना ठहर गर्दै अधिवक्ता लुइँटेलले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका हुन्। सर्वोच्च प्रशासनले उक्त निवेदनमा मंगलबारको पेसी तोकिदिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।