image
image
बस दुर्घटनामा एक जनाको मृत्यु , मकवानपुर

बस दुर्घटनामा एक जनाको मृत्यु , मकवानपुर

काठमाडौँ -  पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित सडकमा यात्रुबाहक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ। पोखराबाट उदयपुर कटारीतर्फ जाँदै गरेको ना ७ ख ११०१ नम्बरको यात्रुबाहक बसले पैदलयात्री पर्साको सखुवा पर्सौनी गाउँपालिका–३ कटैया निवासी ३६ वर्षीय परबेज अन्सारीलाई ठक्कर दिएको थियो। घटनामा गम्भीर घाइते भएका अन्सारीको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। मृतक अन्सारी ना५ख ८६६८ नं को ट्रकका मालिक रहेका छन्। उनी बिग्रिएको ट्रक मर्मतका लागि मिस्त्री बोलाएर मर्मत कार्य गरिरहेका थिए र मिस्त्री र सामान लिएर पैदल हिँड्दै गर्दा बसको ठक्करबाट मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिएका छन्।​

ठक्कर दिने बस र चालक उदयपुरको कटारी नगरपालिका–२ निवासी ३९ वर्षीय युवराज माझीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।