image
image
​चार महिनापछि हुम्लाको यारी नाका भन्सार कार्यालय पुनः सञ्चालनमा

​चार महिनापछि हुम्लाको यारी नाका भन्सार कार्यालय पुनः सञ्चालनमा

काठमाडौँ -  ​हुम्लाको यारी नाका भन्सार कार्यालय चार महिनापछि पुनः सञ्चालनमा आएको छ। गत पुस १० गतेदेखि अत्यधिक चिसोका कारण बन्द भएको कार्यालय अब पुनः सञ्चालनमा आएको हो। कार्यालय प्रमुख रामराज जैशी पुनः हिल्सामा पुगेपछि सेवा सुरु भएको जानकारी दिएका छन्।​

कार्यालय प्रमुख जैशीका अनुसार, "तत्कालीन समयमा उक्त क्षेत्रमा हिउँ जम्न थालेपछि विभागलाई जानकारी गराएरै कार्यालय बन्द गरिएको थियो, कार्यालय आइतबारदेखि फेरि सञ्चालनमा आएको छ" ।

सदरमुकामबाट यारी नाका भन्सार कार्यालय पुग्न नारा लेख काटेर जानुपर्ने हुन्छ। हिमपात हुने समयमा उक्त सडकखण्ड पूर्ण रूपमा बन्द हुन्छ। नारा लेकमा जमेका हिउँ हिल्सा सिमकोट सडक योजनाले पन्छ्याउन थालेकोले यातायात सेवा पनि चाँडै सञ्चालनमा आउने अपेक्षा गरिएको छ। यातायात सेवा सञ्चालनमा आएपछि ताक्लाकोटबाट पनि सामान आयात पुनः सुरु हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।