image
image
घडियाल गोहीका गुँडबाट अण्डा सङ्कलन सुरु

घडियाल गोहीका गुँडबाट अण्डा सङ्कलन सुरु

काठमाडौँ -  चितवन राष्ट्रिय निकुञ्जले आजदेखि राप्ती नदीमा रहेका घडियाल गोहीका गुँडबाट अण्डा सङ्कलन प्रक्रिया सुरु गरेको छ। निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार, १८ वटा गुँड पहिचान गरी ती गुँडबाट अण्डा सङ्कलन गरिने बताइएको छ।​

गत चैत १ गतेदेखि राप्ती नदी क्षेत्रमा गुँड खोजी प्रक्रिया सुरु गरिएको थियो। सङ्कलित अण्डा प्रजनन केन्द्रमा राखेर कोरल्ने गरिन्छ। यस वर्ष दुई सयभन्दा बढी अण्डा सङ्कलन हुने अनुमान गरिएको छ।​

गत वर्ष राप्ती नदीमा भेटिएका १६ वटा गुँडमध्ये आठ वटा गुँडबाट अण्डा निकालिएको थियो। यस वर्ष राप्ती नदीको पूर्वबाट अण्डा सङ्कलन गरिने छ।​

निकुञ्जले गोही प्रजनन केन्द्र स्थापना गरेर नदी किनारका जोखिमा रहेका गुँडबाट अण्डा सङ्कलन गरेर प्रजनन केन्द्रमा ल्याएर कोरल्ने गरिन्छ। कोरलिएका बच्चा हुर्काएर पुनः विभिन्न नदीमा छोड्ने गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।