बद्री केसीलगायतविरुद्ध दायर अदालतको अवहेनासम्बन्धी मुद्दाको पेसी
काठमाडौँ - गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११ औं महाधिवेशनबाट निर्वाचित डा. बद्री केसीको विरुद्ध सर्वोच्च अदालतमा दायर गरिएको अवहेलनासम्बन्धी मुद्दाको सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा तय भएको छ।
गैरआवासीय नेपाली संघ बेलायतका अध्यक्ष प्रेम गाहा मगरले २०८१ वैशाख १० गते अदालतमा रिट दायर गर्दै डा. केसी नेतृत्वको टोलीले सर्वोच्च अदालतको आदेशको अवहेलनासमेत गरेको आरोप लगाएका छन्। उनका अनुसार, अदालतको स्पष्ट आदेश अनुसार संघको सम्पूर्ण जिम्मेवारी उच्चस्तरीय समितिलाई हस्तान्तरण गर्नुपर्ने भएपनि डा. केसी नेतृत्वको टोलीले सो आदेशको खुला अवहेलना गरेको छ। साथै, अदालतको आदेशको कार्यान्वयनका लागि तीन पटक पत्र पठाएपनि उनले वेवास्ता गरेको पनि रिटमा उल्लेख गरिएको छ।
यस मुद्दामा सुनुवाइको पालो नआएको कारण अदालतले अर्को पेशी तोक्नेछ।









