संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक बस्दै
काठमाडौँ - संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्दैछ। बैठकको प्रमुख कार्यसूचीमा समितिहरूमा सदस्यहरूको नाम हेरफेर र विधेयकमा छलफल समावेश छन्।
प्रमुख कार्यसूचीहरू
-
सदस्यहरूको नाम हेरफेर: सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १७२ बमोजिम विभिन्न समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची रहेको छ।
-
विधेयकमा छलफल: बैठकमा स्वास्थ्य तथा जनसंख्या, बन तथा वातावरण, कृषि तथा पशुपंक्षी विकास र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर दिने कार्यसूची रहेको छ।









