image
image

वन निगममा ‘सिइओ’ नियुक्ति प्रक्रिया अन्तिम चरणमा

काठमाडौं । वन तथा वातावरण मन्त्रालयले ‘नेपाल वन निगम लमिटेड’मा लामो समयदेखि रिक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्ति प्रक्रिया अघि बढाएको छ । मन्त्रालयले सो पदमा दरखास्त दिने उम्मेदवार मध्येबाट मोरङका पंकजकुमार दास, काठमाडौँका अच्युतराज पहाडी र बझाङका रामेश्वर भट्टराईको नामावली छनोट सूची परेको सूचना यही वैशाख १८ गते सार्वजनिक गरेको हो ।

‘सर्टलिष्ट’ परेकाको वैशाख २६ गते व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र २७ गते अन्तर्वार्ता गरिने परिक्षा तालिका मन्त्रालयले यस अघि नै प्रकाशन गरिसकेको मन्त्रालयका प्रवक्ता प्रकाश लम्सालले जानकारी दिए । यस अघि आवेदन परेकाहरूको वैशाख १५ र १६ गते व्यवसायिक कार्ययोजनाको अध्ययन मूल्याङ्कन कार्यक्रम गरी सूची प्रकाशन गरिएको थियो ।


मन्त्रालयले गत चैत ३ गते निगमको प्रमुख कार्यकारी अधिकृत पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गर्न १५ दिनको समयावधि तोकी सूचना प्रकाशित गरेको थियो । साथै यसअघि २०७६ साल भदौ १ गते मन्त्रालयद्वारा नै प्रकाशित वन निगमको प्रमुख कार्यकारी अधिकृतको नियुक्तिको विज्ञापन २०७७ साल चैत १ मन्त्रिस्तरीय निर्णयबाट रद्द गरिएको थियो ।


सूचनाअनुसार उक्त पदमा मान्यताप्राप्त विश्वविद्यालयबाट सम्बन्धित विषयमा स्नातकोत्तर उपाधि गरी सम्बन्धित क्षेत्रमा सात वर्ष काम गरेको र ३० वर्ष उमेर पूरा भएको योग्यता तोकिएको थियो । सिइओ छनोटका लागि गठिन समितिले अन्तिम तीन जनाको नामावली छनोट गरी मन्त्रालयमा पठाउने र मन्त्रालयको प्रस्तावमा तीन जनामध्येबाट मन्त्रिपरिषद् बैठकले एक जनालाई नियुक्ति गर्नसक्ने कार्यविधिमा व्यवस्था छ ।

 वन व्यवस्थापनबाट उत्पादन हुने काठ दाउराको व्यवस्थितरुपमा कटान सङ्कलन, चिरान गरी सर्वसाधारण जनतालाई आपूर्ति गर्ने उद्देश्यले २०१७ सालमा स्थापित द टिम्बर कर्पोरेसन अफ नेपाल लिमिटेडको नै हालको वन निगम हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।