image
image
​कुलेखानी–सिस्नेरी–छैमले सडक पुनर्निर्माण कार्य तीव्र गतिमा अघि

​कुलेखानी–सिस्नेरी–छैमले सडक पुनर्निर्माण कार्य तीव्र गतिमा अघि

काठमाडौँ -  हेटौँडा र काठमाडौंलाई जोड्ने कुलेखानी–सिस्नेरी–छैमले सडक पुनर्निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ। गत असोज महिनामा आएको बाढी र पहिरोका कारण सिस्नेरी खण्डमा सडकमा ठूलो क्षति पुगेको थियो। यसपछि बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले विपद् व्यवस्थापन कोषमार्फत बजेट व्यवस्था गरी पुनर्निर्माण कार्यलाई तीव्रता दिएको हो।​

सडकको सिस्नेरी खण्डमा ह्युम पाइप राख्ने, मर्मतसम्भार र कालोपत्रे कार्य सम्पन्न भइसकेको छ। हाल, हेटौँडा–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–काठमाडौं सडक खण्डमा दुईतर्फी सवारी सञ्चालन भइरहेको छ। यसका साथै, कुलेखानी जलाशय मुनीको पुल पुनर्निर्माणका लागि बेलिब्रिज राख्ने गरी तत्काल काम थाल्न निर्देशन दिइएको छ।​

यस पुनर्निर्माण कार्यले हेटौँडा र काठमाडौं बीचको यातायातलाई सहज र द्रुत बनाउने अपेक्षा गरिएको छ। सडकको स्तरोन्नतिले स्थानीय बासिन्दा र यात्रीहरूलाई ठूलो राहत पुर्‍याउनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।