image
image
विभिन्न स्थान भएको सवारी दुर्घटनामा सात जनाको मृत्यु

विभिन्न स्थान भएको सवारी दुर्घटनामा सात जनाको मृत्यु

काठमाडौँ -​  नेपालका विभिन्न स्थानहरूमा भएको सवारी दुर्घटनामा कम्तीमा सात जनाको मृत्यु भएको छ। नेपाल प्रहरीले दिएको जानकारी अनुसार, अर्घाखाँची, मोरङ, रूपन्देही, मकवानपुर र पाल्पामा भएका यी दुर्घटनामा मोटरसाइकल, जिप, बस र पैदलयात्री समावेश छन्।  

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-८ एचआईडीस्थित सडकमा पोखराबाट कटारीतर्फ जाँदै गरेको ना.७ ख ११०१ नम्बरको बसको ठक्करबाट पैदलयात्री पर्सा सखुवा प्रसौनी गाउँपालिका-३ कटैया बस्ने ३६ वर्षीय प्रबेज अन्सारीको आइतबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अर्घाखाँची, सन्धीखर्क नगरपालिका-१० ढुङ्गे देउरालीस्थित सडकमा अर्घा मन्दिरबाट सन्धीखर्कतर्फ जाँदै गरेको लु.६० प ९७८५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा चालक स्याङ्जा वालिङ नगरपालिका-८ बस्ने ६० वर्षीय डम्बर बहादुर खत्रीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

रूपन्देही, बुटवल उपमहानगरपालिका-१२ तामनगरस्थित सडकमा लु.३४ प ११०७ नम्बरको मोटरसाइकल गए राति दुर्घटना हुँदा चालक कपिलवस्तु वाणगंगा नगरपालिका-२ बस्ने १८ वर्षीय समिर थारूको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

मोरङ, सुनवर्षी नगरपालिका-९ लक्ष्मी टोलस्थित सडकमा डाइनियाबाट सिक्टीतर्फ जाँदै गरेको बीआर ३९ एच २९५६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा चालक सोही नगरपालिका-९ बस्ने २० वर्षीय साहवन आलमको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको रंगेली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

पाल्पा, रैनादेवी छहरा गाउँपालिका-१ सिद्देश्वर असारेस्थित सडकमा असारेबाट ठुलापोखरीतर्फ जाँदै गरेको लु.१ ज २३७७ नम्बरको जिप अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा जिपमा सवार ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका जिपमा सवार मध्ये सोही गाउँपालिका-१ असारे बस्ने २२ वर्षीय जनक रेगामीको मिसन अस्पतालमा तथा ३६ वर्षीय दिपेन्द्र बुढा र ३१ वर्षीय चेतनारायण विकको जिल्ला अस्पताल पाल्पामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटना घाइते भएका चालक समेत २ जनाको मिसन अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरी अनुसन्धान जारी राखेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।