लोपातलमा चट्याङ लागेर १७ वटा भैसी मरेका छन्
काठमाडौँ - सङ्खुवासभाको मकालु गाउँपालिका–३ का लोपातलमा चट्याङ लागेर १७ वटा भैँसी मरेका छन्। वर्षासँगै परेको चट्याङले मकालु–३ स्थित कालोपातलमा चराउन लगिएका भैँसीहरूलाई असर पुर्याएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए।
चट्याङ लागेर मकालु–३ का पुष्पलाल भण्डारी र प्रेमप्रसाद भण्डारीका गरी १७ वटा भैँसी मरेका छन्। चट्याङबाट भैँसी मर्दा १० लाख बढीको क्षति भएको छ। घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय हेदाङ्नागढीको टोली सोमबार घटनास्थलतर्फ लागेको छ। घटनास्थल इलाका प्रहरी कार्यालय हेदाङनामार्फत ३५ किलोमिटर पदैल दूरीमा पर्दछ।









