इँटा भट्टामा खनेको खाल्डोमा डुबेर दुई बालिकाको मृत्यु ,पर्सा
काठमाडौँ - पर्सा जिल्लाको पर्सागढी नगरपालिका–५ स्थित बहुअर्वामा रहेको हीरा इँटा भट्टाको खाडलमा डुबेर दुई बालिकाको मृत्यु भएको छ। प्रहरीका अनुसार, ५ वर्षीया नेहा खातुन र अफसाना खातुन नामक बालिकाहरू उक्त खाडलमा पानी जमेको अवस्थामा डुबेर ज्यान गुमाएका हुन्।
प्रहरी प्रवक्ता किशोर लम्सालका अनुसार, बालिकाहरूको शव स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए। उद्धारका लागि ल्याइएका उनीहरूलाई नारायणी अस्पतालमा पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।









