image
image
ललितपुर महानगरपालिकाले भोलिदेखि विद्यालय सञ्चालन गर्न आग्रह

ललितपुर महानगरपालिकाले भोलिदेखि विद्यालय सञ्चालन गर्न आग्रह

काठमाडौँ -  ललितपुर महानगरपालिकाले वैशाख १६ गतेदेखि सबै सामुदायिक विद्यालयहरू सञ्चालनमा ल्याउन आग्रह गरेको छ। महानगरका प्रवक्ता राजु महर्जनका अनुसार, महानगरभित्रका सबै सामुदायिक विद्यालयमा नियमित पठनपाठन, विद्यार्थी भर्ना लगायतका शैक्षिक क्रियाकलाप पूर्ण रूपमा सञ्चालन गर्न अनुरोध गरिएको छ।​

महानगरपालिकाले शिक्षकहरूको सहभागितामा शैक्षिक सत्र २०८२ को शैक्षिक कार्य पात्रो प्रकाशन गरी कार्यान्वयनमा ल्याएको छ। उक्त कार्य पात्रो अनुसार विद्यार्थी भर्ना लगायतका शैक्षिक क्रियाकलापहरू हालसम्म पनि सञ्चालन हुन नसकेकोप्रति महानगरको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। विद्यालय सञ्चालनका सन्दर्भमा सर्वोच्च अदालतबाट देशभरका बालबालिकालाई विद्यालयमा नियमित पठनपाठन गर्न पाउने हकबाट वञ्चित नगर्नु नगराउनु भनी आदेश जारी भएको थियो। सोही अनुसार भोलिबाट विद्यालय सञ्चालन गर्न महानगरले अनुरोध गरेको हो।​

विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित देशभरका शिक्षक तथा कर्मचारीहरू सडक आन्दोलनमा छन्। विगत २७ दिनदेखि आन्दोलन गर्दै आएका उनीहरूले ऐन जारी नहुँदासम्म कुनै प्रकारका क्रियाकलापमा सहभागी नहुने प्रस्ट पार्दै आएका छन्।

lalitpur

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।