image
image
रौतहट चन्द्रपुरमा कार र मोटरसाइकल ठोक्किँदा बाबु छोरीको मृत्यु

रौतहट चन्द्रपुरमा कार र मोटरसाइकल ठोक्किँदा बाबु छोरीको मृत्यु

काठमाडौँ -  रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम लोकमार्गमा आज बिहान सवा ६ बजे भएको भीषण सडक दुर्घटनामा बाबु र छोरीको मृत्यु भएको छ। गरुडा नगरपालिका–३ मलाहिटोलका ६० वर्षीय बलिराम सहनी र उनकी ४० वर्षीया छोरी उर्मिला देवी सहनीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रारम्भिक अनुसन्धान अनुसार, हेटौँडाबाट चन्द्रपुरतर्फ आउँदै गरेको बा ६ च ३५२६ नम्बरको कारले निजगढतर्फ जाँदै गरेको ना ३ प ९५१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका बलिराम सहनीको हेटौँडास्थित हाइवे ट्रमा सेन्टर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको र उनकी छोरी उर्मिला देवी सहनीको स्थानीय अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बारा स्थित एलएस न्युरो अस्पताल पठाइएकोमा बिहान ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न कार र चालक हेटौँडा उपमहानगरपालिका–१२ का ४३ वर्षीय कुमार पोख्रेललाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले नियन्त्रणमा लिएको छ। प्रहरीले थप अनुसन्धान जारी राखेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।