नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक जारी
काठमाडौँ - नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार सुरु भएको छ। बैठकमा सरकारको नीति तथा कार्यक्रम र आगामी बजेटका बारेमा सदस्यहरूको सुझाव लिने कार्यसूची रहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
यसका अतिरिक्त, बैठकमा पार्टीका आन्तरिक विषयमा पनि छलफल हुने बताइएको छ। बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, उपनिर्वाचनका विषयमा पनि छलफल हुने अपेक्षा गरिएको छ।









