image
image
रौतहटमा भन्सार छलीका सामानसहित एक तस्कर पक्राउ

रौतहटमा भन्सार छलीका सामानसहित एक तस्कर पक्राउ

काठमाडौँ -   जिल्ला प्रहरी कार्यालय रौतहटको गस्ती टोलीले भन्सार छली गरिएका कपडा र दुई थान मोटरसाइकलसहित एक तस्करलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ईशनाथ नगरपालिका–१ का ३७ वर्षीय राकेश पैसवान रहेका छन्। प्रहरीको विशेष सूचनाको आधारमा गएको गस्ती टोलीले गौर नगरपालिका–४ स्थित लालबकैया नदीको छेउबाट रु २,२३,००० मूल्य बराबरका अवैध कपडा र नम्बर नभएका दुई थान मोटरसाइकलसहित उनलाई नियन्त्रणमा लिएको हो।

बरामद गरिएका सामानको कुल मूल्य रु ३,२३,००० रहेको र सबैलाई आवश्यक कारबाहीका लागि सोमबार साँझ जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।