image
image
उदयपुरगढीमा स्कुल बस दुर्घटनामा २० जना घाइते

उदयपुरगढीमा स्कुल बस दुर्घटनामा २० जना घाइते

काठमाडौँ -  उदयपुरगढी गाउँपालिका–६ मवासेमा लिटिल फ्लावर्स बोर्डिङ स्कुलको बस ब्रेक फेल भएर दुर्घटना हुँदा शिक्षक र विद्यार्थी गरी २० जना घाइते भएका छन्। नेपालटारबाट गैयातर्फ जाँदै गरेको ना ३ ख ६१९५ नम्बरको बस मदन भण्डारी लोकमार्गमा अनियन्त्रित भई दुर्घटनामा परेको हो।

घाइतेमध्ये १८ जनाको जिल्ला अस्पताल उदयपुरमा उपचारपछि डिस्चार्ज गरिएको छ भने शिक्षक बेद बहादुर राईलाई धरानस्थित बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र छात्रा प्रिन्षा परियारलाई नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

सोमबार साँझको उक्त दुर्घटनापछि बस चालक बिर बहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।