image
image
राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले राजसंस्थाको पक्षमा संसदमा अभिव्यक्ति दिए

राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले राजसंस्थाको पक्षमा संसदमा अभिव्यक्ति दिए

काठमाडौँ -   राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले संसदमा राजसंस्थाको पक्षमा अभिव्यक्ति दिएका छन्। मंगलबारको प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई 'बाघ'को संज्ञा दिँदै रङ मिल्यो भन्दैमा 'बिरालो' बन्न नसक्ने टिप्पणी गरे। उनले भने, "रङ मिल्यो भन्दैमा बिरालो बाघ बन्न सक्दैन।"

शाहीले वर्तमान राजनीतिक दलहरूको उत्पत्ति विदेशमा भएको र यसका प्रमाण पूर्वराजदूतहरूको अभिव्यक्तिहरूबाट मिल्ने बताए। उनले भने, "यो संविधान र व्यवस्था त विदेशीहरूले ल्याइदिएको हो।"

यसअघि, नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले शाहीलाई संसदमा राजतन्त्रको वकालत नगर्न चेतावनी दिएका थिए। उनले संसदलाई राजतन्त्रको पैरवी गर्ने ठाउँ नभएको भन्दै रत्नपार्क र जुम्लामा गएर राजसंस्थाको पक्षमा आमसभा गर्न सुझाव दिएका थिए।

शाहीका यी अभिव्यक्तिहरूले संसदमा राजसंस्था र गणतन्त्रको विषयमा बहसलाई तातो बनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।