बागलुङ नगरपालिका–४ श्रीनटोलमा वृद्धाको तीनतला माथिबाट खस्दा मृत्यु
काठमाडौँ - बागलुङ नगरपालिका–४, श्रीनटोलमा आज बिहान एक वृद्धाको तीनतला माथिबाट खस्दा घटनास्थलमै मृत्यु भएको छ। शव परीक्षणका लागि धवलागिरि प्रादेशिक अस्पतालमा राखिएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख तिलक भारतीका अनुसार, बिहान ४ः४५ बजे तेस्रो तलाको झ्यालबाट खसेर ९१ वर्षीया ज्ञानमाया खड्काको घटनास्थलमै मृत्यु भएको हो।









