image
image
रिलायन्स स्पिनिङ मिल्सको वित्तीय स्थितिमा सुधार: तेस्रो त्रैमासमा ३२ करोड नाफा

रिलायन्स स्पिनिङ मिल्सको वित्तीय स्थितिमा सुधार: तेस्रो त्रैमासमा ३२ करोड नाफा

काठमाडौँ -   रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमास (चैत मसान्तसम्म) मा ३२ करोड ४२ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको  छ। यो गत आर्थिक वर्षको समान अवधिको तुलनामा उल्लेखनीय सुधार हो। गत वर्षको तेस्रो त्रैमासमा कम्पनीले ५ करोड ३ लाख रुपैयाँ नाफा कमाएको थियो।

कम्पनीको कुल नाफा ९ महिनामा रिलायन्स कम्पनीले ७ अर्ब ३९ करोड १७ लाख ३७ हजार रुपैयाँको व्यापार गरेको छ । गत आवको असारसम्ममा कम्पनीको व्यापार ९ अर्ब २० करोड ६० लाख रुपैयाँ थियो । कम्पनीको अन्य आम्दानी ४ करोड २७ हजार रुपैयाँ छ । चालु आवको चैतसम्ममा कम्पनीको करतिरेपछिको नाफा ३२ करोड ४२ लाख ९६ हजार रुपैयाँ पुगेको छ ।

वि.सं. २०५४ मा स्थापना भएको रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले स्थापनाको २७ वर्षसम्ममा ४ हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिइरहेको छ। कम्पनी बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्ने प्रक्रियामा समेत रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।