image
image
नेपाल प्रतिनिधिसभामा भारत–पाकिस्तान तनावको प्रभावबारे चनाखो रहन सरकारलाई आग्रह

नेपाल प्रतिनिधिसभामा भारत–पाकिस्तान तनावको प्रभावबारे चनाखो रहन सरकारलाई आग्रह

काठमाडौँ -    प्रतिनिधिसभाको आजको बैठकमा भारत र पाकिस्तान बीचको बढ्दो तनावले नेपालमा पार्न सक्ने प्रभावबारे सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन्। पूर्व परराष्ट्रमन्त्री एनपी साउद, कांग्रेस नेता पूर्व मन्त्री सञ्जय गौतम, लोकतान्त्रिक समाजवादी पार्टीका नेता सर्वेन्द्रनाथ शुक्ल र स्वतन्त्र सांसद अमरेशकुमार सिंहले यस विषयमा धारणा राख्दै नेपाल सरकारलाई चनाखो रहन आग्रह गरेका छन्।

पूर्व परराष्ट्रमन्त्री साउदले भने, “भारत र पाकिस्तान बीचको तनावको विषयमा सरकार गम्भीर हुन आवश्यक छ। छिमेकमा भएको घटनालाई नजरअन्दाज गर्दै पाकिस्तानको उच्चस्तरीय सैनिक प्रतिनिधिमण्डलको नेपाल भ्रमण संवेदनशील समयको आवश्यकता थियो।” उनले कूटनीतिक कौशलताका साथ भ्रमण स्थगन गर्दै उपयुक्त समयको प्रतीक्षा गर्नुपर्ने आवश्यकता रहेको बताए।

कांग्रेस सांसद गौतमले भारत–पाकिस्तान तनावले नेपाललाई पार्ने प्रभावबारे समयमै गम्भीर बन्न सरकारलाई सुझाए। “भूराजनीतिक संवेदनशीलता र खुला सिमानाका कारणले गर्दा भारत र पाकिस्तान बीचको युद्धले हामीलाई पार्ने प्रभावहरूको विषयमा नेपाल सरकार समयमै गम्भीर बनोस्,” उनले भने। साथै, उनले राजनीतिक दलका शीर्ष नेताहरूलाई पनि राष्ट्रिय विषयमा एकता हुन आवश्यक रहेको सुझाव दिए।सांसद शुक्लले नेपाल असंलग्न राष्ट्रको रूपमा रहँदै आएकोले आतङ्कवादको सम्बन्धमा नेपालले आफ्नो प्रष्टता के हो खुलाउन आवश्यक रहेको बताए।स्वतन्त्र सांसद सिंहले पनि भारत–पाकिस्तान तनावको प्रभाव नेपाल–भारतको खुला सीमाका कारण पर्ने भन्दै त्यसबारे बेलैमा ध्यान पुर्‍याउन सरकारसँग माग गरे।

सांसदहरूले पहलगाममा भएको आतङ्कवादी आक्रमणको निन्दासमेत गरेका थिए। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।