image
image
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडानको माग गर्दै धर्ना

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडानको माग गर्दै धर्ना

काठमाडौँ -   रुपन्देहीको भैरहवामा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडानको सञ्चालनको माग गर्दै आज एक घण्टे धर्ना कार्यक्रम आयोजना गरिएको छ। उद्योग व्यापार सङ्गठन रुपन्देही (चेम्बर अफ कमर्स, रुपन्देही) को आह्वानमा आयोजित यस विरोध कार्यक्रममा सिद्धार्थ सञ्जाल, रुपन्देही, लुम्बिनी इँटा व्यवसायी सङ्घ, सोसाइटी अफ ट्राभल्स एण्ड टुर अपरेटर्स नेपाल, नेपाल भन्सार एजेन्ट सङ्घ, सिद्धार्थनगर, लुम्बिनी ट्रक यातायात व्यवसायी सङ्घ, सिद्धार्थनगर सहकारी सञ्जाल, वैदिक सनातन धर्म सेवा समिति, भैरहवा, दरखसवा गाउँ समाज, नेवा खलः सिद्धार्थनगर, किराना तथा प्लास्टिक व्यवसायी सङ्घ लगायतका सङ्घसंस्था सहभागी भएका थिए।

धर्ना कार्यक्रममा व्यवसायीहरूले विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवन अघिको मूल गेटमा ब्यानरसहित उपस्थित भएर आफ्नो माग प्रस्तुत गरेका थिए। उनीहरूले विमानस्थलको पूर्ण सञ्चालनका लागि सरकारसँग पहलको माग गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।