image
image
पर्वतमा युवा संघको अधिवेशन विवादमा झडप, एमाले नेता पौडेल घाइते

पर्वतमा युवा संघको अधिवेशन विवादमा झडप, एमाले नेता पौडेल घाइते

काठमाडौँ -     राष्ट्रिय युवा संघ नेपालको अधिवेशनको विषयमा उत्पन्न विवादले झडपको रूप लिएको छ। नेकपा (एमाले) का प्रदेश सदस्य अर्जुन निर्जन पौडेल घाइते भएका छन्।

एमाले पर्वत जिल्ला कार्यालयमा आयोजित अधिवेशनका विषयमा दुई पक्षबीच विवाद भएको थियो। पौडेल, युवा संघ जिल्ला अध्यक्ष विनोद थापा र सचिव प्रकाश थकालीले अधिवेशन रोक्नुपर्ने पक्षमा थिए भने गोविन्द गिरीको नेतृत्वमा अर्को पक्षले अधिवेशन सञ्चालन गर्नुपर्ने अडान राखेको थियो।

पौडेल र उनका समर्थकहरूले अधिवेशन रोक्नुपर्ने भन्दै विरोध जनाएपछि झडपको स्थिति सिर्जना भएको थियो। उक्त झडपमा पौडेल घाइते भएका छन् र उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ।

केन्द्रीय सचिव पर्वत भण्डारीका अनुसार, चैत १५ गतेभित्र अधिवेशनको समयसीमा तोकिएको थियो र त्यो अवधिमा अधिवेशन नगरेपछि आयोजक कमिटी गठन गर्ने निर्णय गरिएको थियो। उनले भने, “असमझदारीका कारण विवाद उत्पन्न भएको हो। केन्द्रीय कमिटीले आयोजक कमिटी बनाऔं भनेर निर्णय गरेका हौं।”

युवा संघ जिल्ला अध्यक्ष थापाले भने अधिवेशनको विरोध गर्दै कार्यक्रम बहिष्कार गरेका छन्। उनका अनुसार, विधि मिचेर अधिवेशन डाकिएको र आफूहरूमाथि सुनियोजित रूपमा हमला गरिएको छ।

पर्वतबाट निर्वाचित प्रदेश सभा सदस्य भक्त कुँवरले भने, “अधिवेशनको विषयमा असहमतिकाबीच कार्यक्रम राखिएपछि आक्रमण नै हुनेगरी विवाद उत्पन्न भएको हो।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।