image
image
तीनकुनेमा बस, भ्यान र मोटरसाइकलको ठक्करमा एक जनाको मृत्यु

तीनकुनेमा बस, भ्यान र मोटरसाइकलको ठक्करमा एक जनाको मृत्यु

काठमाडौँ -   काठमाडौँको तीनकुनेमा आज बिहान ६ः३५ बजे भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। कोटेश्वरबाट बानेश्वरतर्फ आइरहेको बा ३ ख ७०६२ नम्बरको बसले सोही दिशाबाट आइरहेको बा.प्र.०१-०२६ च २९२७ नम्बरको मारुती भ्यान र बा.प्र.०२-०५३ प ३८४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

मोटरसाइकलको पछाडि सवार नुवाकोट घर भई हाल ललितपुर धोबीघाट बस्ने वर्ष २३ की नगिना तामाङको उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको हो। मोटरसाइकल चालक रामेछाप घर भई नयाँ बजार बस्ने वर्ष २७ का पदम थापा मगर, भ्यान चालक काभ्रे मण्डन देवपुर घर भई हाल शान्तिनगर बस्ने वर्ष ३५ का रत्न बहादुर सार्की र बसमा सवार दोलखा घर भएकी २४ वर्षीया मेनुका बुढाथोकी घाइते भएका छन्। उनीहरूको उपचार भइरहेको छ।

घटनास्थलमा प्रहरी वृत्त बानेश्वर र काठमाडौँ उपत्यका ट्राफिक महाशाखाका प्रहरी टोली पुगेका थिए। बस चालक, भ्यान र मोटरसाइकल प्रहरी वृत्त बानेश्वरको नियन्त्रणमा राखिएको छ। बस भने काठमाडौँ उपत्यका ट्राफिक महाशाखा रामशाहपथको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।