image
image

निषेधाज्ञामा ५० प्रतिशतले घट्यो फोहोर

काठमाडौं । काठमाडौँ महानगर क्षेत्रभित्र ठाउँ हेरी फोहोर उत्पादनको मात्रा ३० देखि ५० प्रतिशतसम्म घटेको वातावरण व्यावस्थापन विभागले बताएको छ ।  दैनिक रुपमा २५ गाडीसम्म फोहोर ल्यान्डफिल साइटमा सामान्य अवस्थामा महानगरले पुर्‍याउने गरेको थियो ।

सोमबार १३ वटा गाडी ल्यान्डफिल साइटमा पठाउने तयारी छ । वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठकाअनुसार व्यवसायिक क्षेत्रमा धेरै मात्रामा घटेको छ भने आवासीय क्षेत्रमा कमै मात्र घटेको छ । सडकमा जम्मा हुने फोहोर ५० प्रतिशतसम्म घटेको छ ।

वातावरण संरक्षण गैसस महासंघका अध्यक्ष टीकाराम दाहालका अनुसार घर–घरमा उत्पादन हुने फोहोरको मात्रा ३० प्रतिशतसम्म घटेको छ । होटल, रेष्टुरेन्ट, पार्टी प्यालेस बन्द भएकाले धेरै फोहोर उत्पादन हुने ठाउँ घटेको देखिए पनि घरघरबाट उत्पादन हुने फोहोरको मात्रा धेरै घटेको छैन,’ उनले भने।

यता फोहोरमैला व्यवस्थापन संघको अनुमान अलि फरक छ । संघका महासचिव मीत्र घिमिरेकाअनुसार बाहिर बन्द भएकाले मानिसहरुले घर, आगन सफा गर्दा निस्किएको फोहोर बढी आएको छ । त्यसैले अब अहिलेको भन्दा फोहोरको मात्रा घट्ने सम्भावना छ ।

महानगरले जैविक फोहोरलाई कम्पोष्टिङ् गर्न र घरमा कोही संक्रमित भए त्यहाँबाट उत्पादन भएको फोहोर निसंक्रमण गरेर व्यवस्थापन गर्न आग्रह गरेको छ ।

घरेलु फोहोरसँगै महानगरले सडक सफाइका लागि नियमित ब्रुमर सञ्चालन गरिरहेको छ । सडकबाट संकलन हुने धुलोको परिमाण पनि घटेको वातावरण विभागका प्रमुख श्रेष्ठ बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।